अत्तरियाको एनएमबी बैंक नयाँ भबनमा सर्यो

अत्तरिया, कैलालीको अत्तरियामा रहेको एनएमबि बैंक नयाँ भवनमा सरेको छ । अत्तरियाको महेन्द्रनगर रोड मा रहेको शाखा शुक्रबार अत्तरिया चौराहास्थित सुदूर सिटि सेन्टरको भवनमा सरेको  हो ।

एनएमबीका सुदूरपश्चिम प्रदेश प्रमुख श्याम अधिकारी, एनएमबी डिसिओ सुदेश उपाध्याय र नगरपालिका नगर प्रमूख बिरेन्द्र भट्टले संयूक्त रुपमा उक्त नयाँ भबन  शाखाको उद्घाटन गरेका हुन् ।

ग्राहकहरूका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा, लकर सेवा र अन्य बैंकले दिने सबै सेवाहरु प्रदान गर्न प्रतिबद्ध रहेको बैंक शाखाले जनाएको छ ।

केही महिना अघि अत्तरियामा रहेका कञ्चन विकास बैङ्क र एनएमबि बैंक मर्जर भएका थिए । अहिले देश भर २०१ शाखा र सुदुरपश्चिममा २२ वटा शाखा रहेको बैङ्क प्रतिनिधिले जनाएको छ ।

 

ताजा समाचार