कैलालीमा चार वर्षमा ५२ जनाको हत्या

धनगढी , कैलालीमा झण्डै चार वर्षमा ५२ जनाको हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको छ। जिल्लामा आर्थिक वर्ष २०७७/०७८ सालदेखि चालु आर्थिक वर्षको हालसम्म ५२ जनाको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ्क अनुसार २०७७/०७८ मा १६ जनाको हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको छ।

१६ उजुरी नै फर्छाैट भएका छन्। प्रहरीमा २०७८/०७९ मा १७ जनाको हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। कैलालीमा २०७९/०८० मा १३ जनाको हत्या भएको भन्दै कतव्र्य ज्यानमा मुद्दा दर्ता भए। १२ उजुरी फर्छाैट भएका छन्। चालु आर्थिक वर्षको हालसम्म जिल्लामा ६ जनाको हत्या भएको भन्दै प्रहरीमा उजुरी परेको छ। कैलालीमा चार आर्थिक वर्षमा कर्तव्य ज्यानमा ५२ उजुरी दर्ता भएका छन्।

जिल्लामा दर्ता भएका उजुरीहरुमा सबै भन्दा बढी टीकापुर र लम्की क्षेत्रका रहेका छन्। टीकापुर क्षेत्रमा चार आर्थिक वर्षमा १२ जनाको हत्या भएको भन्दै मुद्दा दर्ता भएका छन्। टीकापुर क्षेत्रमा चार आर्थिक वर्षमा सबै भन्दा बढी कर्तव्य ज्यानका मुद्दा दर्ता भएका हुन्। इलाका प्रहरी कार्यालय, टीकापुरमा चार आर्थिक वर्षमा ५८ जनाको हत्याको प्रयास भएको छ। ज्यानमार्ने उद्योगमा चार वर्षमा इलाका प्रहरी कार्यालय, टीकापुरमा ५८ मुद्दा दर्ता भएका हुन्।

प्रहरीका अनुसार लम्की क्षेत्रमा समेत चार वर्षमा १२ जनाको हत्या भएको भन्दै उजुरी परेको छ। इलाका प्रहरी कार्यालय, लम्कीमा आर्थिक वर्ष २०७७/०७८ देखि चालु आर्थिक वर्ष २०८०/०८१ को हालसम्म २३ मुद्दा ज्यान मार्ने उद्योगका दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीको तथ्याङ्क अनुसार टीकापुर र लम्की क्षेत्रमा हत्या–हिंसाका घटना सबै भन्दा बढी हुने गरेका देखिएको हो।

 

ताजा समाचार