डडेल्धुरा मेडिकल कलेजमा कक्षा सञ्चालनको तयारी

डडेल्धुरा,सुदूरपश्चिम विश्वविद्यालयमातहतको डडेल्धुरा मेडिकल कलेजले कक्षा सञ्चालनको तयारी अघि बढाएको छ। माघदेखि कक्षा सञ्चालन गर्ने तयारी भइरहेको हो।

कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्नोलोजी) सञ्चालनको अनुमति पाएसँगै कक्षा सञ्चालनको तयारी अघि बढेको हो। सञ्चालन अनुमति पाएर छात्रवृत्तिका विद्यार्थी भर्नासमेत भइसकेपछि २९ माघदेखि कक्षा सञ्चालन गरिने तयारी छ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएर छात्रवृत्तिका सातजना विद्यार्थी भर्ना भएसँगै २९ माघदेखि कक्षा सञ्चालन हुने बताए।

१० जनाको कोटा पाएकोमा बाँकी तीनजना भने शुल्क तिरेर पढ्न पाउने उनले बताए। विशिष्ट सेवासहितको संघीय अस्पतालका रूपमा रहेको डडेल्धुरा अस्पताललाई नै सरकारले मेडिकल कलेज घोषणा गरेको हो। डडेल्धुरा अस्पताल अहिले एक सय शड्ढयाको स्वीकृत दरबन्दीअनुसार सञ्चालन भइरहेको छ।

 

ताजा समाचार