गोदावरी-४ को बेलपानी फूलबस्तीमा विधुत् लाइन विस्तार

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा नंं. ४ को बेलपानी फुलबस्तिमा ११ केभी विधुत् लाइन विस्तार गरिएको छ । गोदावरी –४ को विकट पहाडी बस्तीमा विधुत् विस्तार भएको हो । गाँउका बस्तीहरु पनि विधुत् पहुँचमा पुगेपछि स्थानीय हर्षित भएका छन् । फुलबस्ति, पटयानी, दामोदरे, तल्लो गैरी, मल्लो गैरीका स्थानीयले घरमा विधुत् जडान भएपछि निकै खुशी भएको बताए ।

धनगढी वितरण केन्द्रका प्रमुख मिथलेश कुमार गुहिबर र मंगलबार गाउँबस्तीमा नै विकट बस्तीमा पुगेका गोदावरी नगरपालिकाका मेयर विरेन्द्र भट्टले विधुत् स्विच अन गरेर सो क्षेत्रको विधुत्को शुभारम्भ गरेका छन् ।

गोदावरी नगरपालिकाका मेयर भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्तीमा आफ्नो डेढ वर्षको कार्यकालमा विधुत् विस्तार गर्न सफल भएको बताए । ‘यो ठाउँ अध्यारोबाट उज्यालोमा आएको छ । हामी जनप्रतिनिधि भएर आएको डेढ वर्ष मात्रै भएको छ । छोटो समयमै विधुत् ल्याउन सफल भएका छौ’ उनले भने ‘हामीले जनताको पक्षमा काम गरेर सफल भएका छौ । विकासका कुरा विस्तारै हुने गर्दछ । हामीले संघ, प्रदेश सरकार संग समन्वय गरेर काम गरिरहेका छौ ।

उनले फुलबस्ति, पटयानी, तल्लो गैरी, मल्लो गैरीका २ सय परिवारको घरमा विधुत् पुगेकाले अब छिटै बेलपानीका परिवार बसोबास गर्ने फूलबस्तीमा विधुत् विस्तार गरिने बताए । उनले नगरका सबै ठाउँमा विधुत् विस्तार गर्नको लागि अझै १५/२० विधुत् पोल आवश्यक पर्ने बताए । गोदावरी नगरपालिका सुगम पालिका भएर पनि यस क्षेत्रका जनताले सहज रुपमा विधुत् सेवा उपभोग गर्न पाएका थिएनन् ।

११ केभी विधुत् लाइन बिस्तार भएपछि सहज हुने वडा अध्यक्ष हेम प्रकाश मल्लले बताएका छन् । वडाध्यक्ष मल्लको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा अध्यक्ष तथा प्रबक्ता गोपाल दत्त भट्ट, कांग्रेस वडा सभापति,दुर्गा लक्ष्मी बहुमुखी क्याम्पस स्ववियू सभापती भुवन भट्ट, महिला नेतृ, पत्रकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन स्थानिय सुरत बोगटीले गरेका थिए ।

 

ताजा समाचार