नेपाल नेत्र ज्योति संघको दोस्रो प्रदेश अधिवेशन सम्पन्न

अत्तरिया, नेपाल नेत्र ज्योति संघ सुदूरपश्चिम प्रदेश को दोस्रो प्रदेश अधिवेशन शनिबार सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा गेटाको आँखा अस्पतालमा सम्पन्न भएको हो ।

नेत्र ज्योति संघका प्रदेश सभापति चक्र बहादुर सिंहको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट रहेका थिए । कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि बिरेन्द्र भट्टले अधिबेशनको सफलताको कामना गर्दै आयोजकलाइ धन्यबाद ज्ञापन गरे ।

‘गेटा आँखा अस्पताल सुदूरपश्चिमको सान भएको भारतीयहरु समेत उपचार गर्न यहाँ आउछन योगदान नेत्र ज्योति संघलाई पनि जान्छ ।’ उनले भने, ‘स्थानीय सरकारसँग बजेट कम हुने भएकाले नेत्र ज्योति संघलाइ सहयोग गर्न अप्ठ्यारो भएपनि हाम्रो कोसिस रहने छ ।’त्यस्तै बिषिस्ट अथितीहरुमा नेत्र ज्योति संघका केन्द्रीय कार्यसमितिका भरत बहादुर चन्द र द्रोण प्रसाद गुरागाईं, ७ वटै जिल्लाका सभापतिहरु लगायतको सहभागित रहेको थियो ।

संघका प्रदेश सभापति सिंहले गेटा आँखा अस्पताललाई वल्र्ड क्लासको हस्पिटल बनाउने सपना भएको बताए। मलेसियामा भएका नेपालीहरूको लागी पनि सेवा प्रदान कसरी गर्ने भन्ने बारे सोचि रहेको सिंहले बताए । गेटा आँखा अस्पताल अन्तर्गतब सुदूरपश्चिम प्रदेशभर रहेका अस्पतालले हालसम्म दिएका सेवा सुविधा तथा कार्यविवरण अस्पतालका निर्देशक डाक्टर शुरेश राज पन्तले प्रोजेक्टरको सहायताले देखाएका थिए ।

२०३८ सन १९८१ सालमा संचालित गेटा आँखा अस्पतालले गत वर्ष मात्र २ लाख ७० हजार ४ सय ९६ ले सेवा लिएका छन् भने हाल सम्म २० लाख १५ हजार १३२ जनाले हाल सम्म सेवा लिएका छन । हाल सम्म अस्पताल तथा गाउँ बस्तीमा स्वास्थ्य शिविरबाट गेटा आंखा अस्पतालले ४५ लाख ९९ हजार ८२० ओपिडी सेवा लिए भने ६ लाख ६० हजार ६९७ लाई अस्पतालले सेवा दिएको निर्देशक डा.पन्तले कार्यक्रममा बताए ।

 

संघका प्रदेश उपाध्यक्ष दयाकृष्ण जोशीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन संघका प्रदेश सचिव भुपेन्द्र थापाले गरेका थिए । नेपाल नेत्र ज्योति संघको स्थापना वि.सं. २०३५ मा डा. राम प्रसाद पोखरेलको सक्रियतामा संघको स्थापना भएको हो । यो अन्धोपन निवारणका लागि कार्यरत संस्था हो ।

नेत्र ज्योति संघको र आँखा अस्पतालको सहयोगले सन १९८१ को सर्बेछेणमा सुदूरपश्चिम सबै भन्दा बढी अन्धोपन भएको छेत्र भएको मा सन २०२१ को सर्बेछेणमा सबै भन्दा कम अन्धोपन भएको बन्न सफल भएको छ । नेपाल दछिण एसियाली राष्ट्रहरूमा ट्रकोमा नियन्त्रण गर्ने पहिलो देश बन्न सफल भएको छ ।

 

ताजा समाचार