तेक्वान्दो संघको दोस्रो वार्षिक साधारण सभा जोगबुढामा सम्पन्न

अत्तरिया , डडेल्धुराको परशुराम नगरपालिकामा तेक्वान्दो संघ डडेल्धुराको दोस्रो वार्षिक साधारण सभा जोगबुढामा सम्पन्न भएको छ । परशुराम नगरपालिकाका नगरप्रमुख भरत वडायर जोशीको प्रमुख आतिथ्यतामा दोस्रो साधारण सभा सम्पन्न भएको हो ।

दोस्रो वार्षिक साधारण सभा कार्यक्रममा बोल्दै भरत बडायर जोशीले नगरभित्रका विभिन्न खेल खेलकुद विधामा जिल्ल,राष्ट्रिय र अन्तर्राष्ट्रियमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई सम्मान गरिरहेको बताए ।

खेलाडी उत्पादन क्षमता अभिवृद्धि तालिम कराते, तेक्वान्दो खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई परशुराम नगरपालिकाले उच्च सम्मान सहित पुरस्कार ग्रहण वितरण गर्ने नगरप्रमुखको भनाई रहेको थियो ।

खेलाडी उत्पादन विकास तथा क्षमता विस्तारमा नगरपालिका लागि पर्ने प्रतिबद्धता जनाएका थिए । उक्त दोस्रो वार्षिक साधारण सभामा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

 

ताजा समाचार