गोदावरीको स्थानिय उत्पादन बजारमा बिक्री नभए पालिकाले जिम्मा लिन्छ : मेयर भट्ट

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका – ४ मा दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । वडा नं. ४ को महिला विकास कार्यक्रम अन्तरगतको आर्थिक सहयोगमा बास्कोटा सामुदायिक वनले १ हप्ते तालिमको आयोजना गरेको थियो ।

शनिबार देखि सुरु भएको तालिमको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेद्र भट्ट र वडा न ४ का वडा अध्यक्ष हेम प्रकाश मल्लले तालिममा सहभागिलाई प्रमाण पत्र वितरण गरी कार्यक्रमको समापन गरियो ।

समापन कार्यक्रममा बोल्दै नगर प्रमुख बिरेन्द्र भट्टले भने, स्थानिय स्तरमा पालिस्टिक रहित दुना टपरी बनाए पश्चात बजारमा बिक्री बितरण भई तालिममा सहभागीले लाभ लिने कुरामा हामी ढुक्क छौ, यदी अत्तरिया – धनगढी बजारमा उत्पादिन दुना टपरी बिक्री बितरण हुन न सके गोदावरी नगरपालिका त्यसको बजारिकरण एव् ब्याबस्थापनको जिम्मा लिने कुरा बताए ।

 

 

 

दुना टपरी तालिमबाट हामी जस्तो गाउँ बस्तीमा रहेका महिलाहरुलाई रोजगार संग जोड्न तालिम महत्वपूर्ण भएको कुरा तालिममा सहभागीले बताए । दुना टपरी बनाउने तालिममा ३५ जना सहभागि रहेको बताए ।

 

ताजा समाचार