सुदुरपश्चिम प्रादेशिक महोत्सवको तयारी स्वरुप गेट पूजन कार्य सम्पन्न

अत्तरिया, कैलालीको अत्तरियामा लाग्ने सुदुरपश्चिम प्रादेशिक महोत्सवको तयारी स्वरुप गेट पूजन कार्य सम्पन्न भएको छ ।पूर्वरोड लामिताल परिसरमा संघका अध्यक्ष कल्याण सिं बोहराले गेटको पूजा गरेका छन।

बिगत देखी नै महोत्सबको भौतिक संरचना निर्माण अघि गेट स्थापना हुने ठाउँमा पूजा गर्ने प्रचलन रहेको संघले जनाएको छ ।महोत्सब पुष २६ गते देखि माघ ७ गते सम्म  संचालन हुने छ ।महोत्सव को तयारी शुरु भएको र  विभिन्न उपसमिति मार्फत कार्य भैरहेको बताए ।

महोत्सवमा कृषि प्रदर्शनी, स्थानीय परिकार, रमाइलो मेला , स्थानीय कला संस्कृति को प्रस्तुति र कलाकारहरु को सांगीतिक प्रस्तुति रहने आयोजक ले बताए ।

 

ताजा समाचार