गोदावरीको भवन पुनःउद्घाटन नगराउन एमालेका जनप्रतिनिधिको ध्यानाकर्षण

अत्तरिया, कैलालीको गोदावरी नगरपालिकामा नेकपा( एमाले) बाट निर्बाचित जनप्रतिनिधिहरुले नगरपालिका को भबन पुनः उदघाटन नगराउन नगरप्रमुख को ध्यानाकर्षण गराएका छन् ।

नगरप्रमुख बिरेन्द्र भट्ट संग उनकै कार्यकक्षमा पुगेर यस्तो ध्यानाकर्षण गराएका हुन । नगरउपप्रमुख शारदा देबी रोकायाको नेतृत्वमा ४ जना वडा अध्यक्ष सहित १७ वडा सदस्यहरुले हस्ताक्षर गरेर नगरप्रमुखलाई ध्यानाकर्षण बुझाएका छन् ।

एडिबीले निर्माण गरेको उक्त भबन निबर्तमान नगरप्रमुख हरि सिँ साउँदले २०७८ चैत्र मा उदघाटन गरेका थिए। त्यो बेला भबन निर्माण सम्पन्न नै नभएर उदघाटन गरिएको भन्दै काङ्ग्रेस ले बिरोध जनाएको थियो ।

received_3773197714644891703675190.jpeg

received_9584276593451521703675239.jpeg

 

ताजा समाचार