अत्तरियामा पुष २६ गतेदेखि माघ ७ गतेसम्म महोत्सव संचालन हुने

अत्तरिया, कैलालीको अत्तरियामा पुष २६ गतेदेखि माघ ७ गतेसम्म सुदूरपश्चिम प्रादेशिक महोत्सव संचालन हुने भएको छ । आयोजक अत्तरिया उधोग वाणिज्य संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुषको २६ देखि माघको ७ गतेसम्म पोखरा महोत्सव हुने जानकारी दिएको हो ।

अत्तरियाको लामिताल परिसरमा लाग्ने महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निशुल्क रहेको छ । महोत्सवमा १५० ओटा स्टल रहने अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष कल्याण सिंह बोहराले जानकारी दिए । उनले मुख्य प्रायोजकको भने अहिले टुंगो नलागेको बताए ।

सुदूरपश्चिम प्रादेशिक महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहनुकासाथै कला सँस्कृति झल्किने सामग्रीहरु प्रस्तुत गरिने जनाईएको छ । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष बोहराले महोत्सव सम्पन्न गर्न आ आफ्नो क्षेत्रबाट सहयोग गर्न सबैलाई आग्रह गरे । उनले सुदूरपश्चिम प्रादेशिक महोत्सव प्रदेश भरिकै महोत्सव भएकोले सबै क्षेत्रका कला सँस्कृति र रहनसहन झल्किने गरी प्रस्तुतीहरु समेटिने बताए ।

संघका निर्वतमान अध्यक्ष अशोकराज देवकोटाले महोत्सव नवप्रतिभाहरुकालागि प्लेटफर्म पनि भएकोले नयाँलाई प्रतिभालाई प्राथमिकतामा राख्नु उचित हुने बताए । सबैको सहयोगले मात्रै महोत्सव सफल हुने भन्दै उनले उचित सल्लाह सुझाव तथा सहयोगकालागि सबै क्षेत्रका व्यत्तिलाई आग्रह गरे ।

सम्वृद्ध पर्यटनको आधार कृषी पर्यटन र व्यापार भन्ने नाराकासाथ अत्तरिया उधोग वाणिज्य संघले २०७२ सालदेखी अत्तरियामा महोत्सवको आयोजना गर्दै आएको छ ।

 

ताजा समाचार