गोदावरीबाट पासोमा परेको घाइते चितुवाको उद्धार

कैलाली, कैलालीको गोदावरीबाट पासोमा परेको घाइते चितुवाको उद्धार गरिएको छ। मंगलवार साँझ गोदावरी नगरपालिका–१२ मा रहेको रातोपानी सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार गरिएको हो।

कम्बरमा पासो परेर सामान्य घाइते चितुवाको उद्धार गरी वनमै छोडिएको सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरञ्जन कडालले बताए। उनले पासोबाट उद्धार गरी ३ घण्टा निगरानीमा राखेर चितुवा वनमै छोडिएको जानकारी दिए।

चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट प्राविधिक टोली आएका थिए। वनमा पासो कसले थापेको भन्ने बारे नखुलेको जनाइएको छ ।

 

ताजा समाचार