रंगुन नदीको जलाधार सम्बन्धी बहुसरोकारवाला निकायबिच छलफल कार्यक्रम सम्पन्न

अत्तरिया, डडेल्धुराको परशुराम नगरपालिकामा ग्रामिण महिला विकास , एकता केन्द्र (रुडुक) र अक्सफाम नेपालको साझेदारीमा संचालित जलाधार व्यवस्थापन परियोजना अन्र्तगत रंगुन जलाधारसँग सम्बन्धित बहुसरोकारवाला निकायहरुसंगको छलफल कार्यक्रम सम्पन्न भएको छ ।

जलवायु परिवर्तनबाट सिर्जित बहुप्रकोप बाढी, पहिरो, सुख्खा व्यवस्थापन गर्ने काममा स्थानिय जनप्रतिनिधीहरु जागरुक हुन थालेका छन् । आ-आफ्नो कार्यक्षेत्रका जलाधार क्षेत्रमा देखा परेका यस्ता प्रकोपहरुको सामना गरी जिविकोपार्जनलाई सहज बनाउने उद्देश्यले केन्द्रिय सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संघ संस्थाहरुसँग पालिकाहरुले सहकार्य सुरु गरेको पाईन्छ ।

जलवायु परिवर्तनको चपेटामा परेका स्थानिय बासीहरुलाई जनप्रतिनिधीहरु यतिबेला आफ्ना जलाधार क्षेत्रको संरक्षण गरी पानीका स्रोतहरुको सक्दो सदुपयोग गर्ने योजना बनाउदै स्थानिय सरकारहरु लागि परेका छन् । आफ्नो क्षेत्रमा पानीको अभाव बढ्दै गएको र सुख्खा पहिरो तथा बाढीले गर्दा सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको उनीहरुको ठम्याई थिाये।

कार्यक्रममा पूर्व मन्त्री एवं जलाधार बिज्ञ डा.रण बहादुर रावल, परशुराम नगरपालिका नगरप्रमुख भरत बडायर जोशी आलिताल आलिताल गाउपालिकाका अध्यक्ष शेर सिंह पार्की , उप प्रमुख र उपाध्यक्ष , वडा अध्यक्ष र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

 

ताजा समाचार