धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी, कैलालीको धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-१३ कैलालीगाँउबाट १३ मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित सोही ठाँउका २३ वर्षीय सुबास रानासहित दुई जना मंगलवार दिउँसो पक्राउ परेका हुन्।

प्रहरी चौकी कैलालीगाँउबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 

ताजा समाचार