टिभी टुडेका कार्यकारी अध्यक्ष पन्त पिएचडीबाट दीक्षित

अत्तरिया, टिभी टुडे नेटवर्क प्रा. लि.का कार्यकारी अध्यक्ष डा. जनक राज पन्त पिएचडीबाट दीक्षित हुनु भएको छ । कार्यकारी अध्यक्ष पन्त भारतको नयाँ दिल्लीमा रहेको ‘Socrates Social Research University’ बाट पिएचडी दीक्षित हुनु भएको हो ।

तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पन्तले मिडिया तथा ब्रोडकाष्टिङ पत्रकारीतामा पिएचडी गर्नु भएको हो । सुदूरपश्चिमको पहाडी जिल्ला दार्चुलामा जन्मनु भएका पन्तले सञ्चारकर्मी देखि मिडियाको यात्रा सुरु गर्नु भएको थियो

अहिले उहाँ एक सफल मिडिया उद्यमीको रुपमा स्थापित हुनु भएको छ । हालै पिएचडी दीक्षित हुनु भएका पन्तले आगामी दिनमा अझै राष्ट्र र आम नागरिकका लागि थप जिम्मेवारी बढेको बताउनु भएको छ ।

 

ताजा समाचार