g]अत्तरिया, कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा पुस्तकालय स्थापना गरिएको छ ।
![](https://etigernews.com/wp-content/uploads/2024/01/bishal-shut-add.gif)
फौजदारी अभियोग लागि कानुनी हिरासतमा रहेका थुनुवाहरुको आचरण, व्यवहार र सोचमा सकारात्मक परिवर्तन ल्याउने उदेश्य हिरासतमा पुस्तकालय स्थापना गरिएको हो ।
![](https://etigernews.com/wp-content/uploads/2023/08/1558766367.gif)
पुस्तकालयको आइतबार इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी गणेश बरालले उद्घाटन गरेका थिए ।
![](https://etigernews.com/wp-content/uploads/2023/08/nawaduga.gif)
उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली बीच भएको नेपाल प्रहरी कार्ययोजना २०८० तथा कार्यसम्पादन सम्झौता अनुसार थुनुवा कक्षमा पुस्तकालय स्थापनासँगै सुभारम्भ गरिएको बताए ।