अत्तरियाको चैतन्यपुरमा धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने

धनगढी,कैलालीको चैतन्यपुरमा धार्मिक ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने भएको छ। गोदावरी नगरपालिका वडा नं. १ चैतन्यपुर स्थित नवदुर्गा भगवती मन्दिरमा सप्ताह ज्ञान महायज्ञ लाग्ने भएको छ।

यहि पौष २० गते देखि २६ गते गतेसम्म ज्ञान विज्ञान सप्ताह महायज्ञ लाग्ने आयोजक नवदुर्गा भगवती मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरको स्तरोन्ती, सनातन संस्कृतिको संरक्षण तथा पर्यटकीय स्थल निर्माणका लागि महायज्ञ लगाउन थालिएको महायज्ञ व्यवस्थापन समितिका संयोजक मानबहादुर बलायरले बताए।

महायज्ञ सफलता पुर्वक सम्पन्न गर्नका लागि विभिन्न समितिहरु निर्माण गरिएको उनले बताए। महायज्ञमा प्रवचन अच्युत शरण महाराजले गर्नेछन् । मन्दिरको उक्त प्रयासलाई सफल पार्न सक्दो सहयोग गर्न आग्रह गरे । यसैबिच मन्दिर परिसरमा रहेको भवनमा महायज्ञ व्यवस्थापन समितिको सचिवालयको स्थापना गरिएको छ।

 

ताजा समाचार