गोदावरीबाट भंसार छलीका झण्डै ३८ लाख बराबरका सामान बरामद

धनगढी, कैलाली प्रहरीले ३८ लाख बराबर को अबैध सामान बरामद गरेको छ । शुक्रबार दिउँसो गोदावरी नगरपालिका वडा नं.३ चौकीडाँडाबाट पश्चिमबाट पुर्ब तर्फ आई रहेको एक बलेरो जिपबाट उक्त सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली र चौकीडांडा प्रहरी पोष्ट को टोलीले कंचनपुर को बेदकोट नगरपालिका ( १० का चालक बिरेन्द्र रानाले चलाएको सु.प.प्र.०१.००१ च ३१६९ नम्बरको बोलेरो जिप रोकि चेकजाँच गर्दा कपडा, किर्केट ब्याट, स्केल र क्लिप बोर्ड बरामद गरेको कैलालीका प्रहरी प्रबक्ता डिएसपी कुलदिप चन्दले बताए ।

डिएसपी चन्द ले बरामद गरिएको सामान भंसार कार्यालय धनगढी पठाईएको र चालकलाई आवश्यक कारबाहीको लागी नियन्त्रणमा लिइएको बताए ।

 

ताजा समाचार