जोगबुढाको सिद्धनाथ माविका बिद्यार्थीहरुलाई शैक्षिक समाग्रीहरु बितरण

अत्तरिया , डडेलधुराको परशुराम नगरपालिका वडा नं ७ मा रहेको सिद्धनाथ माध्यमिक विद्यालयका अत्ति बिपन्न, गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाई शैक्षिक समाग्रीहरु बितरण गरिएको छ । लालीगुरास नेपाली रेस्टुरेन्ट साउदी अरब बथाको सहयोगमा कञ्चनपुरको ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी अध्यक्ष समाजसेवी चाँदनी ऐरले ट्रयाक सुट, स्कुल ब्याग, शैक्षिक सामाग्री वितरण गर्नुभएको हो।

लालिगुरास नेपाली रेस्टुरेन्ट साउदी अरब बथाका संचालक यम बहादुर गुरुङ नेपालमा मात्रै नभएर बिदेशमा कैयौं अलपत्र नेपाली युवाहरुको उद्दार पनि गर्दै आउनु भएको र जिम्मेवार व्यक्तित्वहरुले गर्न नसकेको सहयोग पनि एक जनाले गर्दै आउनुभएको समाजसेवी चादनी ऐरले जानकारी दिनुभयो।

चौराह स्पोर्ट्स एसोसिएसनका संस्थापक अध्यक्ष समाजसेवी दिनेश अवस्थीको समन्वयमा भएको कार्यक्रममा विध्यालय व्यवस्थापन समितिका अध्यक्ष,विध्यालयका प्रधानाध्यापक ,वडा सदस्य ,शिक्षक शिक्षिका ,अभिभावकहरू लगायत समाजसेवी डा.कृष्ण दत्त जोशी,वीर बहादुर बोहरा र कृष्ण चन्द लगायतको सहभागिता रहेको थियो।

 

ताजा समाचार