कैलालीमा कार र मोटरसाइकल ठोक्किदा २ जना घाइते

धनगढी, कैलालीमा कार र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका छन।

गौरिगंगा नगरपालिका–६ बनबेहडामा कार र मोटरसाइकल एकआपसमा ठोकिदा सुदूरपश्चिम प्रदेश ०३००१ प ०१३ नम्बरको मोटरसाइकल चालक अछाम साफेबगर नगरपालिका–४ का २५ वर्षीय रोशन सुनार र

मोटरसाइकलको पछाडी सवारी एक जना घाइते भएका हुन्। ठक्कर दिने बा ११ च ८७२९ नम्बरको कार र कार चालकलाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

 

ताजा समाचार