कैलालीको गोदावरीमा रुख सुकाएर बन्दै,भौतिक संरचना निर्माण

धनगढी,कैलालीको अत्तरियामा संस्थागत रुपमै वन क्षेत्र अतिक्रमण गरेर भौतिक संरचना निर्माण गर्ने काम रोकिएको छैन्।वन क्षेत्र कब्जामा लिएर सरकारीदेखि निजी प्रयोजनका भौतिक संरचना निर्माण कार्य अहिले पनि जारी छ।

अत्तरियामा पुर्वपश्चिमदेखि दक्षिण क्षेत्र सम्मै वन अतिक्रमण भइरहेको हो। सामुदायिक वन क्षेत्रमा निजी प्रयोजनका भौतिक संरचना निर्माण धमाधम भइरहेको भए पनि रोक्ने काम कहिँकतैबाट हुन नसकेको स्थानीय विष्णुदत्त खत्रीले गुनासो पोखे।

‘वन क्षेत्र कब्जामा लिएर निजी घर, व्यावसायीक प्रयोजनदेखि पाटी कार्यालयका भवनसम्म बनाउन ठुलो चलखेल भइरहेको छ।’ अत्तरियाको पुर्व रोड दुर्गा मन्दिर पछाडीको ठुलो वन क्षेत्र मासेर नयाँनयाँ भौतिक संरचना निर्माण भइरहँदा पनि वन कार्यालय टुलुटुल हेरेर बसेको उनले बताए।

अत्तरियामा यति बेला सामुदायिक वनका रुखहरु सुकार रातारात विभिन्न प्रयोजनका भौतिक संरचना निर्माण भइरहेका छन्। अत्तरियामा संस्थागत वन अतिक्रमण तीव्र भइरहेको अर्का स्थानीय प्रमोद जोशीले बताए। ‘ठुल–ठुला सालका रुखहरु सुकाएर वन क्षेत्रमा अबैध रुपमा वस्ती विस्तार बढेको छ, रोक्ने काम कसैले गरेको छैन्।’

डिभिजन वन कार्यालय धनगढीले भने संस्थागत रुपमा भइरहेको अतिक्रमण खाली गर्न चुनौति भइरहेको दाबी गर्दै आएको छ। गोदावरीमा निजी घर निजी व्यापारिक प्रयोजनका भवन, मठमन्दिर, वडा कार्यालय लगायत संरचना वन क्षेत्रमा निर्माण हुँदै आए पनि यस्तो कार्य रोक्न कतैबाट पहल भएको छैन्।

 

ताजा समाचार