गोदावरीमा माओवादीले राज्य सत्ताको दुरुपयोग गरेर भवन निर्माण गरेको आरोप

अत्तरिया, नेकपा माओवादी केन्द्रलाई कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको दुर्गा मन्दिरको जग्गा अतिक्रमण गरेको आरोप लागेको छ । तर माओवादी केन्द्रको उक्त क्षेत्रमा पार्टी भवन निर्माण मात्र रहेको जनाइएको छ ।

जग्गा अतिक्रमणको बिषयमा बोल्दै गोदावरी नगरपालिका नगरप्रमुख बिरेन्द्र भट्टले पार्टी भवन बन्नुपर्छ तर मन्दिरकै जग्गा अतिक्रमण गरेर भवन बनाउनु उचित नभएको बताउनु भएको छ । निर्माण कार्य रोक्न वनलाई पत्रचार गरेको भएपनि तर वन कार्यालयले निर्माण कार्य नरोकेर अतिक्रमण गर्न सहयोग पुर्याएको र राज्य सत्ताको दुरुपयोग गरेर यो काम भर्इ रहेको उहाको भनाई थियो ।

धेरै निजि क्षेत्रका व्यक्तिहरुले अतिक्रमण गरेर घर निर्माण गरी रहदा पनि वन कार्यालयको ध्यान नगएको उहाँको आरोप थियो । के वनको मिलोमतो छ, भने प्रश्न समेत नगर प्रमुख भट्टले गरेको थिए । अतिक्रमण हटाउन सहयोग चाहेमा नगरपालिका त्तबर रहेको उहाँले बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका गोदावरी नगर अध्यक्ष धर्म कुँवरले यो क्षेत्र आप्mनो पार्टीले २०६३ सालदेखि चलन बोकेर संरक्षण गदै आएको बताउदै विवाद रहित तरिकाले भवन निर्माण भइ रहेको बताउनु भएको छ । नगरप्रमुख भट्टले व्यक्ति ईगो साटेको उहाँको आरोप रहेको छ । योभन्दा मेयर साबले वन,नदिनाला र नगरपालिकाको समग्र बिकासमा ध्यान दिए राम्रो उहाँको भई थियो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका केन्द्रिय सदस्य टंक प्रसाद कोईरालाले यो सबै कम्युनिष्ट घटक संयुक्त हुदै मजदुर संगठनले कब्जा गरेको जग्गा रहेको बताउदै नेकपा माओवादी केन्द्र, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र विप्लव तिनै पक्षले दाबी गरेको जग्गा रहेको बताउनु भएको छ ।

सत्तामा भएको माओवादी केन्द्रले शक्ति दुरुपयोग गरेर एकल रुपमा भवन निर्माण गरिरहेको उहाको भनाई रहेको छ । यसमा आफुहरु सहमती नभएको र यस बिषयमा हाम्रो बिरोध गरेको समेत उहाँले बताउनु भयो ।

यो बिषयमा सबै पाटीहरुको आआफ्नो तर्कहरु रहेको पाईन्छ । नगरपालिकाले भने यो जमिन दुर्गा मन्दिर स्वामित्वमा लिने परियास गरिरहेको छ ।अहिले उक्त क्षेत्रमा माओवादी केन्द्र पार्टीको भवन निर्माण भर्इ रहेको छ ।

 

ताजा समाचार