कैलालीको गोदावरीमा जिप लाइन सेवा सुरु

अत्तरिया, कैलालीको गोदावरीमा जिप लाइन सुरु भएको छ । बुधबार एक औपचारिक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्री  प्रकाश बहादुर देउवाले उद्घाटन गरेका हुन् ।

उक्त जिप लाइन सुदुरपश्चिम कै पहिलो भएको दाबी गरिएको छ । गोदावरी जिपलाइन एडभेन्चर प्रा।ली।ले सन्चालन गरेको जिप लाइनको लम्बाई ८ सय ५० मिटर रहेको संचालक अरुण कुँवरले जानकारी दिए।

जिप लाइन सेवा लिनको लागी कम्पनीले प्रति ब्यक्ती रु ७ सय लाग्ने जनाएको छ । उक्त जिप लाइनले सुदुरपश्चिमको पर्यटनमा टेवा पुग्ने विश्वास लिइएको छ ।

 

ताजा समाचार