गोदावरी-११ मा तीन महिने सिलाईकटाई तालिम संचालन

अत्तरिया, कैलालीको गोदावरी नगरपलिका वडा नंं ११ को आयोजनामा ३ महिने सिलाईकटाई तालिम संचालन गरेको छ । एक औपचारिक कार्यक्रमका बिच वडाध्यक्ष प्रेम सिह बडैलाले उद्घाटन गरेको हो । झण्डौ १५० जनाले दर्खास्त दिएको छन् ।

उद्घाटनकै क्रममा बोल्दै वडाध्यक्ष प्रेम सिह बडैलाले हामीले वडाबासीहरुलाई कुनै पनि भेदभाव नगरी आगामी दिनमा सिप सिकेर सीपको उपयोग गर्ने व्यत्तिहरुको लागि दरखास्त खोलेर तालिम संचालन गरेको बताउनु भएको छ । । यि यस्ता सिपमुलक कार्यक्रम संचालन गर्दैआई रहेको समेत उहाँले बताए ।

कार्यक्रममा बोल्दै प्रशिक्षक सबिरा चौधरीले आफु प्रशिक्षक भएर आउन पाउदा अत्यान्त खुसी भएको बताईन् । यो तालिमबाट दिदी बहिनीहरुले सिप सकेर आत्मा निर्भर हुने कुरामा आफु पुर्ण विश्वास रहेको बताएकी थिईन् । त्यस्तै प्रशिक्षार्थी स्वस्तिका भारतीले यो ३ महिने तालिमबाट आफुहरुले केही सिक्ने उद्देश्यले यो तालिम लिई रहेको उहाँले बताएकी थिईन् ।

दिदी बहिनीहरु वनजंगल, चुलोचौकामा मात्र सिमित नभएर केही गर्नु पर्ने उहाँको भनाई रहेको थियो । यस ३ महिने तालिमका लागि वडा नं.११ ले २ लाख बजेट बिनियोजन गरेको कार्यालयले जनाएको छ ।

 

ताजा समाचार