सर्वोच्चको फैसला नआउँदै गोदावरीको खाताबाट झण्डै साढे ४ करोड तानियो

अत्तरिया , कैलालीको गोदावरी नगरपालिकाको झन्डै साढे ४ करोड बढि अदालतले आफ्नो खातामा तानेको छ। आर्थिक बर्ष २०७६(७७ मा नदि जन्य पदार्थ उत्खनन् को ठेक्का पाएको दाहाल मल्टी ट्रेड प्रालीले उत्खनन् गर्न नपाएको भन्दै जिल्ला अदालत र पुनराबेदन गरेको थियो ।

दुबै अदालतमा मुद्दा जितेपछि जिल्ला अदालत कैलालीले मंसिर १२ गते नगरपालिकाको खाता रहेको एनआईसी बैंकलाई पत्र पठाएर नगरपालिकाको खाताको रकम ४ करोड ४७ लाख ५० हजार एक सय ५ रुपैया आफ्नो खातामा पठाउन पत्राचार गरेको थियो ।

उत्खनन् गर्न नसकेपछि उसले नगरपालिकालाई रोयल्टी बुझाउन सकेको थिएन । नगरपालिकाले कम्पनी को बैंक ग्यारेन्टी को रकम बाट अशुल उपर गरेको थियो । कम्पनीले क्षतिपूर्ति बाफत को बिगो दाबी गरेपछि अदालतले उक्त कम्पनी को नाम मा फैसला गरेको थियो।

तत्कालीन असहज परिस्थिति र कोरोना लगाएत को कारण देखाएर कम्पनी ले उत्खनन् गर्न नपाएको अदालतलाई प्रमाण पेश गरेको थियो ।नगरपालिका स्रोतका अनुसार यो मुद्दा मा राजनीति चलखेल भएको समेत आशंका गरिएको छ । कम्पनीका संचालक समेत नेपालमा नरहेको दाबी गरिएको छ ।

कम्पनीका शेयर होल्डर को हवाला दिँदै केही राजनीति दलका नेताहरु समय यो मुद्दा कम्पनी को पक्षमा पार्न सकृय रहेका छन् । यद्यपि यो मुद्दा अहिले सर्बोच्च मा पुगेको छ । सर्बोच्च को फैसला आउन बाँकी नै रहेको छ ।

 

ताजा समाचार