कैलाली, नेकपा एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले जाजरकोटमा गएको भूकम्पबाट क्षति पुगेका परिवारहरूको लागि आर्थिक सहयोग गरेको छ।
![](https://etigernews.com/wp-content/uploads/2024/01/bishal-shut-add.gif)
सोमवार (आज) संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भूकम्प प्रभावितहरूको लागि १ लाख ३५ रुपैँया सहयोग गरिएको बताए। यहाँका ९ जना सांसद र उनीहरूका स्वकीय सचिवबाट रकम संकलित गरेर सोमवार जिल्ला प्रशासन कार्यालयमार्फत भूकम्प प्रभावितलाई पठाइएको हो।
![](https://etigernews.com/wp-content/uploads/2023/08/1558766367.gif)
एमाले संसदीय दलका नेता रावलले प्रदेशसभाका सदस्यबाट १० हजार र स्वकीय सचिवबाट पाँच हजारका दरले रकम संकलन गरेर पीडितलाई हस्तान्तरण गरिएको जानकारी दिए। कार्तिक १७ गते शुक्रवार जाजरकोट बारेकोट स्थित रामीडाँडालाई केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।
![](https://etigernews.com/wp-content/uploads/2023/08/nawaduga.gif)