चुरे गाउँपालिकाले जिपिएसका आधारमा सिमा एकिन गरी सिमा बोड लगायो

अत्तरिया , कैलालीको चुरे गाउँपालिकाले आफ्नो सिमा क्षेत्रमा सिमा प्रारम्भ बोड लगाएको छ । चुरे गाउँपालिका र गौरीगंगा नगरपालिका बिचको सिमा विवाद लामो समयदेखि रहिआएको थियो । गाउँपालिकाले जिपिएसका आधारमा सिमा एकिन गरी सिमा बोड लगाएको हो ।

चुरे गाउपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले संघियता लागु भई सकेपछि खैराला,निगाली र सहजपुर मिलेर चुरे गाउँपालिका बनेको बताउदै सिमा विवाद छुट्याउने काम संघ र प्रदेशको भएपनि विगतका दिन देखि यो सिमा विवादका बिषयमा कोही पनि नबोलि दिदा आफुहरुसँग भएको प्रमाण, नक्सा र नापी शाखाले दिएको नक्सा प्रमाणका आधारमा सिमाङ्कन गरेको उहाँले बताए ।

विगत देखि सिडियोे कार्यालय, समन्वय तथा मुख्यमन्त्री कार्यालयले आफुहरुको कुरा नसुनेको बताउदै चुरे गाउँपालिकालाई हेलाको दृष्टीले हेर्ने गरेको उहाँको भनाई रहेको थियो । समन्वय र सहकारीको रुपबाट टुङ्गिनु पर्ने उहाँको भनाई छ । सबै पालिकाहरुले आआफ्नो सिमा क्षेत्रमा रहेर काम गर्नु पर्ने उहाँको दाबी रहेको थियो ।

आफुहरुले सिमा विवाद समाधान नै खोजेको बताउदै विगतमा समाधानका लागि धेरै पटक छलफल गरेपनि समाधान नहुदा अहिले आफुहरुले नेपाल सरकारको नक्सा अनुसार वडा नं. ४ को बालुवा गाँडा र शिवगंगा नदिमा सिमा बोड राखेको उहाँले बताए । त्यस्तै चुरे गाउँपालिका वडा नं.४ का स्थानिय सुशिला सिजापाती मगरले सिमा विवादले गर्दा हिजोका दिनमा युवाहरुकाबिच लडाई पनि हुने गरेको थियो ।

धेरै समस्याका बावजुत पालिकाले सिमा एकिन गर्दा यसैमा आफुहरु खुशी रहेको बताईन् । अर्का स्थानिय बल बहादुर तारामी मगरले पालिकाले सिमा नक्सा लिएर सिमा छुट्याएकामा आफु खुसी रहेको उहाँको भनाई थियो । स्थानिय चुरे गाउपालिका समैयमै नियम कानुनमा टेकेर यस सिमा क्षेत्रको विवादको समाधान गर्न सके मात्र यहा हुने दुर्घटना, लडाई तथा विवादको अन्त्य हुने चुरे गाउँपालिकाले जनाएको छ ।

 

ताजा समाचार