सुदूरपश्चिम महोत्सव पौष ५ गतेसम्म चल्ने

धनगढी, धनगढीमा चलिरहेको सुदूरपश्चिम महोत्सव पौष ५ गतेसम्म संञ्चालन हुने भएको छ।

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा भइरहेको सुदुरपश्चिम प्रादेशिक महोत्सव यसअघि पौष २ गते सम्म संञ्चालन हुने आयोजकले बताएको थियो।

तर अब तीन दिन थप गरि ५ गतेसम्म सञ्चालन हुने भएको हो। महोत्सव सचिवालयका अनुसार सुदूरपश्चिम महोत्सव दर्शकहरुको मागलाई मध्यनजर गर्दै पुस ५ गते सम्मका लागि समय थप गरिएको हो।

 

ताजा समाचार