फुकुओका नेपाल सोसाइटीद्धारा भुकम्प पिडितलाई राहत सामाग्री वितरण

पौष १ , जाजरकोटको कुशे गाउँपालिकाका भुकम्प पिडितहरुलाई राहत सामाग्री सहयोग गरिएको छ । फुकुओका नेपाल सोसाइटीद्धारा सञ्चालित सुख दुख कोष र देउसी भैलो खेलेर जम्मा भएको रकमबाट कुशे गाउँपालिका वडा नं ७ का करिब ७० परिवारहरुलाई न्यानो बल्याङकेट लगायत राहत रामाग्री वितरण गरिएको हो ।

त्यस्तै चन्द्र शाह, पदम थापा लगायतको स-सानो सहयोगमा जाजरकोटका छ जना साना नानिबाबुलाई न्यानो लगाउने लुगा समाजसेवी सानू कुँवरको सहयोगमा वितरण गरिएको छ । फुकुओका नेपाल सोसाइटीका अध्यक्ष इन्द्र घलेको संयोजत्वमा उक्त कार्यक्रम गरिएको हो ।

कञ्चनपुरको ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी अध्यक्ष समाजसेवी चाँदनी ऐरले स्थानीय इन्द्र बहादुर सिंहको सहजीकरणमा प्रत्यक्ष पीडित कहाँ पुगेर राहत सामाग्री वितरण गर्नुभएको उहाँले बताउनु भयो ।

हाल सम्म कोहि नपुगेको ठाउँमा प्रत्यक्ष पुगेर राहत बितरण गर्ने समाजसेवि चाँदनी ऐर लगायत सहजीकरण गर्ने सबैलाई फुलमाला सहित स्वागत तथा सम्मान गरिएको थियो ।

 

 

ताजा समाचार