अछाम, नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ।
![](https://etigernews.com/wp-content/uploads/2024/01/bishal-shut-add.gif)
प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो।
![](https://etigernews.com/wp-content/uploads/2023/08/1558766367.gif)
आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ। गौतमका अनुसार स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ। बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मंगलसेनमा हुने गौतमले जानकारी दिए।
![](https://etigernews.com/wp-content/uploads/2023/08/nawaduga.gif)
उनका अनुसार चौखुट्टे, साँफेबगर र बयलपाटामा स्थानीय बासिन्दा, पार्टी कार्यकर्ताहरुसँग भेटघाट हुनेछ। दिउसो मंगलसेनमा आमसभाको तयारी रहेको छ। टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने छ।