सुपर लिग फुटबल : धनगढी विजयी

धनगढी, नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत बिहीवार भएको खेलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै विजयी भएको छ।

दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले बुटवललाई १–०  गोल अन्तरले पराजित गर्दै विजयी भएको हो। विदेशी खेलाडी ओलावाले अफिजको गोलले धनगढी विजयी भएको हो। उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका हुन्।

बिहीवारको खेलमा विजयी भएसँगै धनगढीले २ खेलबाट ६ अङ्क जोडेको छ। समान खेल खेलेको बुटवलको भने यो लगातार दोस्रो हार हो। पहिलो खेलमा धनगढीले वीरगञ्ज युनाइटेडलाई २–१ ले हराएको थियो।

त्यस्तै पहिलो खेलमा बुटवल ललितपुरसँग २–० ले पराजित भएको थियो। लिगअन्तर्गत शुक्रवार वीरगञ्ज युनाइटेड फुटबल क्लब र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

 

ताजा समाचार