नेकपा एमाले अध्यक्ष लगायतका नेताहरू सहिद दशरथ चन्दको जन्म घरमा

बैतडी , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरू बिहीबार बिहान सहिद दशरथ चन्दको जन्मघरमा पुगेका छन  ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा शुभारम्भ गर्न बैतडी पुगेका ओली लगायतका नेताहरू बैतडीको बस्कोट स्थिति उनको  जन्मघरमा पुगेका हुन  ।

झुलाघाटमा राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेपछि ओली लगायतका नेहरुका सो घरमा पुगेका हुन  ।

ओली लगायतका नेताहरूले घरको बाहिर रहेको चन्दको सालिकमा माल्यार्पण गरी उनी प्रति सम्मान व्यक्त गरे  । त्यस्तै सो घरमा राखिएको आगन्तुक पुस्तिकामा पनि नेताहरूले हस्ताक्षर गरेका छन  ।

 

ताजा समाचार