भीमदत्तको शालिक तोडफोड गर्ने १८ जना विरुद्ध मुद्दा दर्ता गर्ने तयारी

कञ्चनपुरः कञ्चनपुरमा किसान नेता भीमदत्त पन्तको शालिक तोडफोड गर्ने १८ जना विरुद्ध मुद्दा चलाउने तयारी भइरहेको छ। किसान नेता भीमदत्तको शालिक तोडफोड पछि फक्राउ परेका हरुलाई निःसर्त छाड्नुपर्ने माग गर्दै राप्रपा कञ्चनपुरले शनिवार महेन्द्रनगर बजार बन्द गराएको थियो।

बन्दका कारण बजार क्षेत्र पूर्ण रूपमा बन्द गरिएको थियो। यातायातका सवारीसाधन भने फाटफुट रूपमा चलेका थिए। तर आज (आइतवार) भने बजार खुला रहेको र शालिक तोडफोडमा संलग्नहरूलाई मुद्‍दा दर्ता गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डाँगीका अनुसार उनीहरुका विरुद्ध आइतवार मुद्‍दा चलाउने तयारी गरिएको हो। शनिवार बन्द रहेको महेन्द्रनगर बजार आइतवार भने पूर्ण रूपमा खुल्ला रहेको छ। राप्रपाका नेता कार्यकताहरु बजार क्षेत्रमा देखिएका छैनन्।

 

ताजा समाचार