सुदूरपश्चिमको राजस्वको मुख्य स्रोत वन: मन्त्री धामी

धनगढी, सुदूरपश्चिमका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले राजस्वको मुख्य स्रोत वन रहेको बताएका छन्। नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घ सुदूरपश्चिमको तेस्रो साधारण सभाको उद्घाटन गर्दै मन्त्री धामीले सुदूरपश्चिमको राजस्व असुलीको लक्ष्य वन क्षेत्रबाटै पूरा हुने बताएका हुन्।

वन क्षेत्रको संरक्षण,व्यवस्थापन र सदुपयोगका लागि आफू प्रतिबद्ध रहेको उनले बताएका छन्। वन पैदावार उद्योगी व्यवसायीहरूले भोग्दै आएका नीतिगत समस्या समाधान गर्ने उनले बताए। नेपाल वन पैदावार उद्योग व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष मन्जिल बाबु मास्केले राज्को हेलामा परेको बताएका छन्।

उनले वन पैदावार उद्योग व्यवसायीलाई राज्यले हेला गर्ने गरेको भन्दै गुनासो गरेका हुन्। नेपालको वनको उचित प्रयोग हुन नसकेको र सडिगली जाने काठको व्यवस्थापन हुन नसक्दा एकातिर अर्बौ राजस्व नोक्सान हुने गरेको र अर्कोतिर विदेशबाट काठ आयात गर्दा अर्बौ रुपैयाँ बाहिर जाने गरेको उनले बताए।

सुदूरपश्चिममा वन पैदावार उद्योग व्यवसायीहरूको ५ अर्ब लगानी रहेको र दुई हजार भन्दा बढिले प्रत्यक्ष र हजारौ व्यक्तिले अप्रत्यक्ष रोजगारी पाएको तर्क गरिएको छ। सुदूरपश्चिममा दुई वटा कत्था उद्योग र ७५ भन्दा बढि सःमिल सञ्चालनमा छन्।

\ जहाँ दुई हजार व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्।तर, यति ठूलो सङ्ख्यामा रोजगार सृजना गर्ने र राज्यलाई अर्बौ राजस्व तिर्ने व्यवसायीहरू भने राज्यको गलत नीति र व्यवहारका कारण पलायन हुन बाध्य हुने गरेको भन्दै व्यवसायीहरूले गुनासो गरेका छन्।

 

ताजा समाचार