यमनसँग नेपालको हार

काठमाडौं, विश्वकप फुटबलको एसियन छनोटमा नेपालले यमनसँग हार ब्यहोरेको छ। मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालले यमनसँग २–० को हार ब्यहोरेको हो। पहिलो हाफमा यमनलाई बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोर्यो।

खेलको ७१ औं मिनेटमा कप्तान ओमार अब्दुल्लाह अल धानीले गोल गर्दै यमनलाई अघि बढाएका थिए। एकल प्रयासमा डिबक्स बाहिरबाट दोस्रो बार च्याम्दै ओमारको उत्कृष्ट प्रहारले जाली चुमेको थियो। खेल सकिन एक मिनेट अघि काउन्टर अट्याकमा अब्दुल्लाह अल धानीले गोल गर्दै यमनको जित सुनिश्चित गरेका थिए।

नेपालले यमनविरुद्ध खेल अवधिभर खासै आक्रमण बुन्न सकेन। खेलमा निकै छरितो देखिएको यमनले दोस्रो हाफको अन्तिम तिर नेपालमाथि दबाब बनाएको थियो। नेपालका डिफेन्डर अनन्त तामाङ चोट बोक्दै मैदान बाहिरिएका थिए।

उनलाई स्ट्रेचर राखेर मैदान बाहिर लगिएको थियो। नेपालले विश्वकप छनोटको दोस्रो चरणमा यमनविरुद्ध पहिलो लेगको खेल दशरथ रंगशालामा खेलेको हो। दोस्रो लेगको खेल नेपालले यमनको घरेलु मैदानमा खेल्नेछ। नेपालले दोस्रो चरणको छनोटमा यूएईसँग पहिलो खेल ४–० ले गुमाएको थियो । समूह चरणको दोस्रो खेल यमनसँग हारेको छ।

 

ताजा समाचार