गोदावरी-६ ले सुचना जारी ‘राती १० बजेपछि नाचगान नगर्नु’ अनुरोध

अत्तरिया, कैलालीको गोदावरी – ६ को वडा कार्यालयले राती १० बजे पछि नाचगान नगर्न आग्रह गरेको छ । वडध्यक्ष जग्गुराम चौधरीले एक सूचना जारी गर्दै राती १० बजेपछि नाचगान नगर्न र नगराउन अनुरोध गरेका हुन ।

सूचनामा राती दिदीवहिनीहरुले नाचगान गर्दा अनैतिक क्रियाकलाप जस्ता घटना घट्न सक्ने भएकाले १० बजेपछि नाचगान नगर्न अनुरोध गरिएको छ ।

‘अवेर राती सम्म तिज तथा आइतवारी पर्व मनाउदा जाड रक्सी खाइ अनैतिक क्रियाकलाप जस्ता घटना घट्ने र घटाउने सम्भावना भएको हुदा त्यस्ता क्रियाकलाप तथा अप्रिय घटना हुन नदिन अवेर राती १० बजे पछि नाचगान नगर्न र नगराउन हुन सबै दिदिबहिनीहरुमा अनुरोध गरिन्छ’ सूचनामा भनीएको छ ।

 

ताजा समाचार