पुर्ब सभामुख नेम्वाङको निधन

काठमाडौं , नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन भएको छ । ७१ वर्षीय नेम्वाङको मंगलबार बिहान हृदयाघातका कारण निधन भएको हो ।

संविधानसभाका अध्यक्ष नेम्बाङलाई घरमै हृदयाघात भएकोमा उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको भएपनि बाटोमै निधन भएको जनाइएको छ ।

नेम्वाङलाई राति १ः२० बजे अस्पताल ल्याएको थियो । अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको औपचारिकरुपमा अस्पतालले घोषणा गरेको शिक्षण अस्पतालका इमरजेन्सी विभागका प्रमुख डा. रमेश महर्जनले जानकारी दिए ।

पुर्वसभामुखसमेत रहेका नेम्बाङ वाथरुम जाने क्रममा ढलेका थिए। उनलाई परिवारका सदस्यले तत्कालै उपचारका लागि अस्पतालमा पुर्याएको थियो । उनको पार्थिब शरीरलाई दुई दिन सम्म एमाले पार्टी कार्यालयमा राखिने भएको छ ।

 

ताजा समाचार