प्रदेश सरकारले गोदावरीका जनतामाथि अपमानको जवाफ दिन खोज्यो : पुर्वमन्त्री सुवेदी

अत्तरिया , सुदुरपश्चिम प्रदेश सभाका पूर्व सांसद तथा मन्त्री कृष्णराज सुबेदीले गोदावरीबाट राजधानी सार्ने कुरा यहाँका जनताको लागि स्विकार्य नहुने बताएका छन । पूर्वबर्ती दुई तिहाईको सरकारले बहुमतका साथ घोषणा गरेको राजधानीको बिषयमा अहिलेको सरकारले बिबाद निम्त्याउने खोजेको र गोदावरीका जनतामाथि अपमानको जवाफ दिन खोज्यो आरोप पुर्वमन्त्री कृष्णराज सुवेदी बताए ।

अत्तरियामा पत्रकार सम्मेलेनको आयोजना गर्दै उनले गोदावरीबाट राजधानी अन्त्यन्त्र सारिए जनातालाई सडकमा उत्राने चेतावनी समेत दिए । हाम्रो पालामा सरकारले घोषणा गरेको राजधानी कार्यन्वयन गर्नुको शाटो अहिले सार्ने कुरा गर्दै छैन । बरु वनको जग्गाको भोका अधिकार लिए हुन्छ । अहिले त केन्द्र प्रदेशमा गठबन्धन कै सरकार छ त कसले रोकेको छ । प्रदेश सभाले घोषणा गरेको ठाउँमा राजधानी एक हुनुपर्छ, दुई हुनुपर्छ यसमा कसैले तल माथि गर्न पाउँदैन, सुवेदीले भने ।

सुवेदीले राजधानी अन्यत्र सार्न खोजे मुख्यमन्त्रीलाई गोदावरी प्रवेश निषेध गराउने समेत चेतावनी दिए । नेकपा एमालेका प्रदेश सदस्य समेत रहेका सुवेदीले अहिलेको प्रदेश सरकार असफल भएको समेत दाबी गरे।राजधानीको बिषयलाई अगाडी सारेर गेटामा स्वास्थ्य विश्वबिधालयलाई समेत नबनाउने अहिलेको सरकारले चलखेल गर्न खोजेको सुवेदीको तर्क छ ।

केही दिन अघि सुदुरपश्चिमका मुख्यमन्त्री कमल शाहले प्रदेशको राजधानी गोदावरीमा बन्न नसख्ने तर्क गरेका थिए । उनले अब बिकल्पमा जानुपर्ने बताएका थिए । तत्कालीन प्रदेश सभाको १२ असोज २०७५ को बैठकले सुदूरपश्चिमको राजधानी कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने तेघरी क्षेत्रमा बनाउने निर्णय गरे पनि अझै कार्यान्वयनमा आएको छैन । https://youtu.be/yDua_f9MMkg?si=wV__vr7PEo2JD-0d

 

ताजा समाचार