अत्तरियामा पनि बिपी कोइरालाको ११० औं जन्मजयन्ती मनायो

अत्तरिया, नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ ले बि.पी. कोइरालाको ११० औं जन्मजयन्ती मनाएको छ । आज अत्तरिया एक औपचारिक कार्यक्रममा बिच जन्मजयन्ती मनाएको हो ।

जननायक बि.पी. कोइरालाको फोटोमा माल्यार्पण गरी संगै श्रादासुमन व्यक्त गर्दै जन्मजयन्ती मनाइएको क्षेत्रिय सचिब जयराज फुलाराले बताए । कार्यक्रममा प्रमुख अतिथी प्रदेश सांसद तुलसी देबकोटा रहेकी थिईन ।

कैलाली क्षेत्र नम्बर ४ का क्षेत्रिय सभापती बसन्त रोकायाको सभापतित्वमा भएको कार्यक्रममा यस क्षेत्रका काँग्रेस नेता कार्य कर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्ने बक्ताहरुले बि.पी.को ब्यक्तित्वको बारेमा चर्चा गरेका थिए ।साथै प्रतिभा सामुदायिक पुस्तकालयले बि.पी. कोइरालाको ११० औं जन्मजयन्ती मनाएको छ ।,

 

ताजा समाचार