गोदावरीमा गाई–भैँसी लम्पी स्किन रोग र धानबालीमा गबारो किराको प्रकोप बढ्दो,सम्बन्धीत निकायमा ध्यानाकर्षण पत्र

अत्तरिया , कैलालीको गोदावरी नगरपालिकाका केही वडाहरुमा धानबालीमा गबारो किराको प्रकोप देखिएको छ। नगरपालिकाका वडा नं. ७ ,११ र १२ अन्य क्षेत्रमा धानबालीमा गबारोको प्रकोप देखिएको हो। धानमा लागेको गबारोको नियन्त्रण गर्न कृषि प्राविधिकको सल्लाहअनुसार उपाय अपनाउन कृषि ज्ञान केन्द्र कैलालीले आग्रह गरिएको छ। गबारोको कारण किसानले यो वर्ष धान उत्पादन घट्ने चिन्ता गरेका छन्।

यि किसानका कुरालाई आत्मासाथ गर्दै गोदावरी खाद्य अधिकार संजालले सम्बन्धीत निकायमा ध्यानाकर्षण पत्र समेत बुझाएको छ । फियान नेपालको सहकार्य गोदावरी क्षेत्रभित्र भएका बिभिन्न किसिमका समस्यालाई उजागर गर्दै गोदावरी खाद्य अधिकार संजालले काम गरी रहेको छ । यो रोगको स्वारुप कस्तो खालको हुन्छ भने पहेँलो गबारो, सेतो, छिर्के, गोल्ड–फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रङ्गको गरी ६ किसिमका गबारो किराले धानमा आक्रमण गर्ने कृषि विज्ञले बताएका छन्।

धानको बिरुवा अर्थात् बेर्ना अवस्थादेखि परिपक्व अवस्थासम्मको धानमा गबारोले आक्रमण गर्न सक्छ । धान खेतमा रासायनिक मलको कमी, पानीको कमी र सूक्ष्म तत्वको कमीले किराको सङ्क्रमण सहजै फैलन सक्ने कृषि विज्ञले बताएका छन्। त्यस्तै लम्पी स्किनका सक्रिय पशु संक्रमितको संख्या करिब ९ हजार नजिक पुगेको छ। आवश्यक जनशक्ति, बजेट र खोपको व्यवस्था पर्याप्त नहुँदा यस प्रकारको रोग प्रदेशका नौ वटै जिल्लामा फैलिसकेको छ। हजारौँको संख्यामा पशुहरु मरेका छन्।

प्रदेशका ८८ पालिका मध्ये गोदावरीमा पनि यो रोग फैलिएको भए पनि पर्याप्त मात्रामा खोप नहुँदा उपचार गर्न कठिनाई भइरहेको पशु शाखा प्रमुख राम बहादुर बिकले बताएका छन्। यस्तो अवस्थामा गाई–भैँसीमा फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले ठोस निर्णय गर्न नसकेको उनले बताए। अहिले गोदावरीभित्रका ५०० भन्दा बढी गाई–भैँसीमा खोप लागेको उनले बताए । तर खोपको अहिले पनि अभाव रहेको छ । सेवाग्राही आएर सताउने गरेको समेत बताए ।

सुदूरपश्चिम हालसम्म लम्पी स्किन रोगबाट ३ लाख २५ हजार ७ सय ९९ गाई–भैँसी संक्रमित भएका छन्। ८ हजार ७ सय ८१ सक्रिय संक्रमित रहेको, दुई लाख ९३ हजार दुई सय १९ निको भएको तथा २२ हजार ७ सय ९९ गाई–भैँसी परेको पशु सेवा विभागको तथ्यांक छ। अहिलेसम्म तीन हजार पशुहरुमा मात्र खोप लगाइएको छ।

फियान नेपालका प्रदेश प्रमुख मुकन्द रानाले यस बिषयमा सरकार बेलैका किसानको समस्या सामाधान गर्नु पर्ने बताए । किसानले त्यही धानबालीलाई नै आय स्रोत मानेर काम गरी रहेको पाईन्छ । यस किसिमका कुरालाई समाधान गर्न सरकारको पहिलो भुमिका हुनु पने रानाले बताए । हामी र संजालको तर्फबाट बिभिन्न संस्थालाई ध्यानाकर्षण पत्र बुझाए र केही हद सम्म किसानलाई राहाद हुने खालको काम समेत गरे उनले बताए ।

 

ताजा समाचार