लागू पदार्थ सेबन कर्ता ३ जना गोदावरीबाट पक्राउ

अत्तरिया , कैलालीको गोदावरी बाट ३ जना पक्राउ परेका छन् । वडा नम्बर – १ भरतपुरका नरेश चौधरी र धनगढी का अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुलाई लागू औसध सेबन गरिरहेको अबस्थामा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको सादा पोषाकको प्रहरी टोलीले पक्राउ गरेको हो ।

उनिहरु को साथबाट दुई सय मिलिग्राम शुद्द तौल भएको खैरो हिरोईन समेत प्रहरीले बरामद गरेको छ । यस्तै नगरपालिका को वडा नम्बर ३ बाट पनि प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

मालाखेती बस्ने १८ बर्षिया कृष्ण रावतलाई आज दिउँसो ६० मिलिग्राम लागू औसध सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका सबैको बारेमा थप अनुसन्धान भैरहेको मालाखेती प्रहरीले जनाएको छ ।

 

ताजा समाचार