गोदावरीमा रास्वपाद्वारा संगठन बिस्तार तिब्र

अत्तरिया , राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गोदावरीमा संगठन बिस्तारलाई तिब्र बनाएको छ । उसले नगरपालिका भित्रका १२ वटै वडामा कमिटी गठन गरीरहेको छ ।

रास्वपा गोदावरीका सभापती दिपक ओझाले केही वडा बाहेक अन्यमा संगठन निर्माण को कार्य भईरहेको बताए । उनले मिसन २०८४ को लागी ग्राउन्डमा निकै राम्रो माहोल रहेको बताए ।

‘नागरिकले परिबर्तन खोजेका छन , हामी वडा वडामा जाँदा पुराना दलहरु प्रती निकै आक्रोस देखिन्छ, त्यसैले पनि हाम्रो उपस्थितीलाई स्थानियले चासो राखेका छन’ उनले भने ।

ओझाले युबाहरुको आक्रर्षण स्वभाबिक रुपमा रास्वपा   प्रती देखिएको बताए । बुधबार रास्वपा गोदावरी -४ मा संगठन बिस्तार गरेको छ ।

 

ताजा समाचार