नेपाल र भारतबीचको क्रिकेट(फोटो फिचर)

काठमाडौं , एसिया कप क्रिकेटमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा भइरहेको छ । वर्षाले केहीबेर बिथोलेको खेलमा नेपालले ४३.३ ओभरसम्ममा २०० रन पूरा गरेको छ । राम्रो ओपनिङ गरेको नेपालको मध्यक्रम भने कमजोर भएको थियो।

उपल्लो क्रमका ब्याटरले मध्यम प्रदर्शन गरेपछि नेपाल भारतविरुद्ध तुलनात्मक राम्रो स्कोर बनाउन सफल भयो । नेपालका आरिफ शेखले अर्धशतक पूरा गरे पनि कुशल भुर्तेलले ३८ रन बनाए ।

नेपालका रोहित पौडेल, भीम सार्की र कुशल मल्लले दोहोरो अंकको रन पनि जोड्न सकेनन् । दीपेन्द्र सिंह ऐरीले २९, गुल्सन झाले २३ र सोमपाल कामीले नटआउट २८ रन बनाएर खेलिरहेका छन् ।

हेर्नुहोस् तस्वीरहरु

तस्वीरहरु : एएफपी/रासस

 

ताजा समाचार