धनगढी , श्रीलङ्काको केन्डीस्थित पालेकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र भारतविरुद्धको खेल भइरहेको छ।

उक्त खेलमा बिराट कोहलीको विकेट लिने खेलाडीलाई धनगढीको किशान ट्रेडिङ्गका संचालक शाह नवाज आलमले ५० हजार नगद पुरुस्कार दिने घोषणा गरेका छन्।

नेपालले पहिलो पटक एसिया कप खेलिरहेको छ । खेलाडीको हौसला बढाउन देशभर पुरुस्कार घोषणा गर्ने क्रम पनि बढेको छ ।
