संस्थाका अध्यक्ष सहित ५ जना पदाधिकारीहरुले राजिनामा

अत्तरिया , कैलालीको गोदावरी वडा नं. ७ मा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा भ्रष्ट्राचारको विषय बाहिर आएपछि संस्थाका अध्यक्ष सहित ५ जना पदाधिकारीहरुले राजिनामा दिएका छन । भ्रष्ट्राचार गरेको आरोप लागेपछि संस्थाका अध्यक्ष ओली र सदस्य जनप्रकाश शाहुले भ्रष्ट्राचार गरेको स्विकार गर्दै राजिनामा दिएका हुन भने पदपुर्ति समितिमा समेत रहेकी सदस्य दुर्गा साउँदले पनि राजिनामा दिएकी हुन ।

वडासदस्य समेत रहेकी उनलाई भ्रष्ट्राचारको आरोप नलागे पनि आफु जनप्रतिनिधि भएकाले बदनामित हुन पुगेको संस्थामा नबस्ने भन्दै उनले राजिनामा दिएको बताइएको छ । यस्तै सोही आधारमा संस्थाका लेखासमितिका पदाधिकारीहरुले पनि राजिनामा दिएका छन ।

लेखा समितिका पदाधिकारीद्धय पदम साउँद र पुस्कर बहादुर सिँहले भ्रष्ट्राचार गरेर बदनाम भएको संस्थामा नैतिक रुपमा नबस्ने भन्दै राजिनामा दिएको जनाएका छन । भ्रष्ट्राचार गरेको आरोप लागेका संस्थाका सचिव रमेश कुमार ओलीले भने राजिनामा दिएका छैनन् । उनले मौखिक रुपमा आफुले राजिनामा दिने बताए पनि लिखित रुपमा भने कार्यालयमा राजिनामा बुझाएका छैनन् ।

 

ताजा समाचार