गोदावरीमा अछाम सेवा समाज तदर्थ समिति गठन

अत्तरिया , कैलालीको गोदावरी नगरपालिकामा अछाम सेवा समाज तदर्थ समिति गठन गरिएको छ । मुलघर अछाम भएका हाल गोदावरी नगरपालिकामा बस्दै आएकाहरुले उक्त समाज बनाउन लागेका हुन् ।

समितीको अध्यक्षमा कर्ण सिंह बोहरा,सचिव जीवन कुमार शाह र सल्लाहाकार संयोजक कृष्णराज सुवेदी चयन भएका छन।

जिल्लाबासीमा एकता र बिभिन्न सामाजिक कार्य गर्न समाजको गठन गरिएको समितीका सचिवले बताएका छन । यस अघि गोदावरीमा डोटेली,मुरभेडी, ओझा र बझाड, दार्चुला बैतडी समाज सकृय रहेको छ ।

 

ताजा समाचार