गोदावरीका मुख्य तथा भित्री सडकका खाल्डाखुल्डीमा ग्राबेल हुर्दै

अत्तरिया, कैलालीका गोदावरी नगरपालिकाले बजार क्षेत्रका मुख्य तथा भित्री सडकका खाल्डाखुल्डीमा ग्राबेल गरी रहेको छ। विभिन्न प्रयोजनका लागि सडक खन्ने तर मर्मत गर्नाले पछिल्लो समय खाल्डाखुल्डी बढेका हुन् ।

लामो समयदेखि अस्तव्यस्त रहेका बजार क्षेत्रका सडकहरुलाई व्यवस्थित गरी सुरक्षित महशुस पुग्ने गरी काम गरेको पाएको छ । गोदावरी नगरपालिकाका विभिन्न सडकहरुमा पछिल्ला दिनमा खाल्डाखुल्डी बढेका देखिन्थे । तर आजभोलि सडकमा खाल्डाखुल्डी यत्रतत्र देखिन थालेका छैन्न् ।

नियमित रुपमा स्थानियहरुले माग गरेका सडकका खाल्डाखुल्डीमा ग्राबेल गरेर पुर्ने कार्य निरन्तर भई रहेको नगरपालिका जनाएको छ । तिब्र गतिमा खाल्डाखुल्डी पुर्ने अभियान चलेपछि त्यसको स्थानियहरुले प्रशंशा समेत गरेका छन् ।

तर ढल निकास पनि व्यवस्थित गर्नु पर्ने स्थानियहरुको माग रहेको पाईन्छ। राजनीति गरिरहेका व्यक्तिहरु भाषणमा मात्र विकास र समृद्धिलाई जोड दिने गरेको पाईन्छ । तर व्यवहारमा भने लागु हुन सकेको छैन ।

 

ताजा समाचार