अत्तरियामा एक दिने कर भ्याट सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

अत्तरिया, कैलालीको अत्तरियामा १ दिने कर भ्याट सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गोदावरी चेम्बर अफ कमर्शको आयोजना र आन्तरिक राजस्व विभाग धनगढी र गोदावरी नगरपालिकाको सहयोगमा सम्पन्न भएको हो । सुदुरपश्चिम प्रदेश साँसद तुलसी देवकोटाको प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सुरु भएको थियो।

यस क्षेत्रमा व्यवसाय सञ्चालन गर्ने क्रममा कर भ्याट सम्बन्धी समस्याहरु भोग्दै आइरहेका कर झमेला समस्यालाई कसरी सामाधान गर्ने कुरा आवश्यक भएको देखिएकोले उक्त कर, भ्याट सम्बन्धी प्रशिक्षण कार्यक्रम संचालन गरेको चेम्बरका अध्यक्ष मोहम्म नईमुदिन भाटले बताए ।

व्यवसायीहरुले कर, भ्याट सम्बन्धी यावत समस्याहरु भोग्दै आर्इ रहेकाले आज हामीले व्यवसायीहरुलाई सहभागि गराई एक दिने जानकारीमुलक प्रशिक्षण र व्यवसायीहरुलाई आवश्यक सूचना तथा जानकारीहरु प्राप्त हुने छ ।आफ्नो व्यवसाय विस्तार गर्न थप सहज समेत हुने भएकोले विगत केही वर्ष अघिदेखि चेम्बरले यस्तो कार्यक्रमहरु नगरस्तरमा गरिरहेको अध्क्षय भाटले बताए ।

उक्त प्रशिक्षण कार्यक्रममा आन्तरिक राजस्व विभाग धनगढीका गौरीशंकर उपाध्याय लगायत अन्य प्रशिक्षकहरु प्रशिक्षण दिएका थिए ।सो कार्यक्रममा चेम्बरका अध्यक्ष भाटले प्रमुख अतिथी लगायत अतिथिलाई मायाको चिनो प्रदान गरेका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा यस क्षेत्रका सर्यौ जना व्यापारी र बिभिन्न संघ संस्थाका पदाअधिकारीहरुको उपस्थिति रहेको थियो ।

 

 

ताजा समाचार