स्याउले बजारमा लागेको गौरा बिषेश मेला समापन

अत्तरिया, कैलालीको गोदावरी नगरपालिका वडा नम्बर –८ स्थित स्याउलेमा जारी गौरा विशेष मेलाको आज समापन गरीएको छ । भदौ ११ गतेदेखि सुरु भएको गौरा विशेष मेलाको आज औपचारीक रुपमा समापन गरीएको हो ।

धर्मेश्वर फाउन्डेसनको आयोजना तथा स्याउले बजार व्यवस्थापन समिति र शिवशक्ति युवा क्लबको सहयोगमा मेला लाग्ने भएको हो। स्याउले स्थित विश्वनाथ महादेव मन्दिर परिसरमा लागेको मेला भदौ ११ गते स्याउलेकी जेष्ठ नागरिक पार्वती खड्काले उद्घाटन गरेकी थिईन्। धर्मेश्वर फाउन्डेसनको आयोजना तथा स्याउले बजार व्यवस्थापन समिति र शिवशत्ति युवा क्लबको सहयोगमा मेला लागेको थियो ।

स्वर्गीय पिता धर्म सिंह देउवाको स्मृतिमा छोराहरु गणेश देउवा, गोपाल देउवा, मनिस देउवा र विरेन्द्र देउवाले फाउन्डेसनसंग मेलाको लागि सहकार्य गरेका हुन्। मेलामा विभिन्न ठाँउका चर्चित डेउडा कलाकारहरुको पनि उपस्थिीति रहेको थियो।

मेलामा फरक फरक दिन कैलालाीका गणेश बिष्ट दार्चुलाकी गंगा धामी, बझाङका बाल्केश थापा, कैलालीका पदम जोशी र कञ्चनपुरकी पुष्पा जोशीको सहभागितासँगै अन्य स्थानिय चर्चित डेउडा कलाकारहरुको पनि उपस्थिीति रहेको थियो । गणेश देउवाको अध्यक्षतामा रहेको कार्यक्रममा सुदुरपश्चिम प्रदेशकी माननिय सासद तुलसी देवकोटा प्रमुख अथिती र अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण सिह बोहरा बिशिष्ठ अथिती रहेका थिए । अथितीमा बिभिन्न संघका प्रतिनीधीहरुको सहभागिता रहेका थिए ।

 

 

ताजा समाचार