अत्तरियामा असोज १७ देखि २६ सम्म लोटस आई किर्केट कपको आयोजना हुर्दै

अत्तरिया , कैलालीको अत्तरिया मा लोटस आई किर्केट कप हुने भएको छ । लोटस आई अँग्रेजी सेकेन्डरी स्कुल को प्रायोजनमा लोटस आई किर्केट कप प्रतियोगिता हुन लागेको हो ।

आयोजक अत्तरिया किर्केट क्लब ले शुक्रबार पत्रकार सम्मेलन को आयोजना गरि प्रतियोगिता को बारेमा जानकारी दिएको हो । क्लबका अध्यक्ष दिपेन्द्र गौतमले इन्टर स्कुल टि ट्वान्टी प्रतियोगिता असोज १७ देखि २६ गते सम्म आयोजना हुने जानकारी दिए ।

प्रायोजक संस्थाका प्रमुख गिरीराज कडायत ले यो प्रतियोगिता बिधालय र बिद्यार्थी को लागि ठूलो अबसर रहेको बताए । उनले प्रतियोगिता मार्फत नंया खेलाडी र उनिहरुको क्षमता बाहिर आउने भएकाले सहकार्य गरिएको बताए ।

प्रतियोगितामा प्रदेशभर का ८ वटा टिम को सहभागीता रहने आयोजक ले जनाएको छ । प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख , ट्रफी र मेडल उपलब्ध गराइने भएको छ । यस्तै दोस्रो हुने टिमले ५१ हजार नगद ट्रफी र मेडल पाउने छ ।

प्रतियोगितामा सर्बोत्तकृष्ट खेलाडी,उत्कृष्ट ब्याटर र बलर लाई पनि पुरुष्कार को ब्यबस्था गरिएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरु लिग चरण मा खेलाइने छ । प्रतियोगिताको कुल लगानी १२ लाख रहने क्लबका अध्यक्ष गौतम ले बताए ।उक्त क्लब २०७९ सालमा स्थापना भएको हो ।

 

ताजा समाचार