गोदावरी नगरपालिकाले असार ६ गते बजेट ल्याउने

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले असार ६ गते बजेट ल्याउने भएको छ । नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट ल्याउन लागेको हो ।

नगरपालिकाले उक्त दिन नगरपालिका कार्यालय र वडा कार्यालयको सेवा प्रभाव बन्द हुने जनाएको छ । बजेट बिहान १० बजेट पार्टनर प्यालेसको हलमा प्रस्तुत हुने प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडीले बताए ।

attariya hospital

स्थानीय तहहरूले असार १० गते भित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ । गोदावरी नगरपालिकाको आफ्नै सुबिधा सम्पन्न भवन र हल पनि छ । एडिबीले उक्त भवन बनाएको हो । महालेखा परिक्षकको कार्यालयले अघिल्लो आर्थिक बर्ष २०८० – ८१ को प्रतिबेदन सार्बजनिक गर्दै नगरपालिकाको आफ्नै सुबिधा सम्पन्न भबन हुँदाहुँदै पनि होटेलमा अधिबेशन गरेको भन्दै प्रश्न उठाएको छ ।

महालेखाको प्रतिबेदनमा यस्तो उल्लेख  छ –
सुशासन ऐन २०६४ अनुसार सेवा प्रवाह व्यवस्थित गर्न कार्यालय भवन लगायतको भौतिक संरवनाको प्रबन्ध गर्नुपर्ने व्यवस्था छ ।  नगरपालिकाको (वडा नं. २ मा देहाय अनुसारको २ तत्वे अत्याधुनिक प्रशासकीय भवन तयार भई उपयोगमा ल्याई सकेतापनि सभाहल सानो भएको जनाई अन्यत्र होटल भाडामा लिई खर्च गरेको एवं प्रमुख प्रशासकीय अधिकृतलाई निवास/गेष्ट हाउस सुविधा समेतमा उपलव्ध गराई देहाय अनुसार रु. ५ लाख ४४ हजार ९२ रुपिया खर्च गरेको छ ।

Screenshot-(228)-1750248050.png
नगरपालिकाले प्रशासकीय भवनको महत्तम उपयोग नगरी घरभाडा खर्च गरेको मनासिब देखिएन। भवनको माथिल्लो भाग खाली रहेको अवस्थामा हलुका किसिमको संरचना तयार गरी सभा हल तथा निवास बनाई प्रशासकीय भवनको अधिक उपयोग गरी घरभाडा खर्च नियन्त्रण गर्नुपर्दछ ।

 

ताजा समाचार